टाइगर कप पोखराः नेपाल आर्मीलाई हराउँदै घरेलु टोली गण्डकी सेमीमा
पाेखरा | माघ ११, २०७९
पोखरामा आयोजित ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा आज पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउँदे घरेलु टोली गण्डकी प्रदेश सेमिफाइनलमा पुगेको छ ।
भर्खरै सम्पन्न खेलमा पहिलो सेट गुमाएको गण्डकीले दोस्रो, चौथो र पाँचौ सेट जितेर सेमीमा प्रवेश गरेको हो । आजको खेलमा भारतीय खेलाडी नितिनको प्रदर्शन शानदार रह्यो ।
हिजो अर्काे विभागीय टोली सशस्त्र प्रहरीसँग बिर्सन लायक प्रदर्शन गरेका नितिनले आज ब्लक र स्पाइक दुबैमा उच्च प्रदर्शन गरे ।
फाइनलसरह भएको प्रतिष्पर्धामा २५–२३, २३–२५, २५–२३, २२–२५, १५–१३ को सेटमा गण्डकी विजयी भएको हो ।
सशस्त्रसँग हारेपनि गण्डकीले यसअघि नेपाल प्रहरीलाई सोझो सेटमा हराइसकेको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

